You are here: Home

Welcome to the Tamu Dhee UK website

Gam

बधाई तथा शुभकामना...!

तमु धीं यूकेका आजीवन सदस्य श्री गम बहादुर गुरुङ हालै भएको निर्वाचनमा लण्डन बोरोको मेर्टोन काउन्सिलका काउन्सिलरको गरिमामय पदमा लेबर पार्टीबाट निर्वाचित हुनुभएकोमा हामी वहाँको कार्यसफलताको कामना  गर्दै हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौँ।


तमु धीं यूके

 

 CONGRATULATIONS !

Heartiest congratulations and best wishes to Mr.Gam Bahadur Gurung on his splendid victory as a Councillor for London Borough of Merton.

Mr. Gurung is the first ever elected Gurkha Councillor for the Labour Party. He is also a life member of Tamu Dhee UK Association and we are very proud of him. In this exhilarating moment we would like to express that, your victory testifies to the people's confidence in you and your cause. We wish you every success in the future.

 Tamu Dhee UK Association

 

 

तमुधी, युके रेडिङ इकाई समितिको अनुरोध ।

आदरणीय रेडिङवासी तमु दाज्युभाई दिदीबहिनीहरु,

यस वर्षको ल्होसार एवं नेपाली नयाँ वर्ष २०६७ को पावन अवसरमा यहाँहरुमा सुस्वस्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । आफ्नो जन्मभूमीबाट धेरै टाढा कर्मभुमिको रुपमा युकेमा बसोबास गर्दैगर्दा आफ्नो संस्कृति, परम्परा, रितिरिवाज र संस्कारलाई जोगाई राख्न र दुखःसुखको समयमा आपसी सरसहयोगको आदानप्रदान गर्न तमुहरुवीच दरिलो संगठनको आवश्यकता महशुस भई तमुधी युकेको स्थापना भएपश्चात अझ यसलाई व्यापक बनाउन तमुहरुको घनाबस्ति रहेको रेडिङमा तमुधी युके रेडिङ इकाई समितिको गठन गरी विभिन्न कार्यहरु गर्दै आएको कुरा हामी सबैलाई जानकारी भएकै कुरा हो ।

 

Constitution of TDUK.

 

''तमु प्हेताँ ल्हूताँ''

विधान

तमुधीं एसोसियसन यूके २०००
चौथो संसोधन-२०१०

प्रस्तावना


नेपालका आदिवासी जनजाति तमु (गुरुङ) आदिम युगदेखि आजसम्म आफ्नै भाषा, धर्म, संस्कृति र परम्परामा आधारित प्हेताँ ल्हुताँ अपनाउँदै आएका छन् । अहिले यी जातिहरु संसारका धेरै देशहरु लगायत संयुक्त अधिराज्य बेलायतका विभिन्न ठाउँहरुमा बसोबास गरिरहेका छन् । तमुहरुको परम्परा, भाषा, प्हे (धर्मशास्त्र) र संस्कृतिको संरक्षण र सम्बर्दन गर्ने उद्देश्यले सन् २००० मा तमु धीं युके संस्थाको स्थापना गरिएको हो । यो संस्थालाई क्रियाशील र प्रभावकारी बनाई संस्थागत रुपमा सञ्चालन गर्न विधानको जरुरी भएकोले यो विधान तर्जुमा गरी जारी गरिएको छ ।

 

Page 4 of 5

News & Articles Categories