तमु छात्रावृत्ति अक्षयकोषको लागि हाम्रो सहयोग
तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुको सहयोगको लागि स्थापना गरेको छात्रावृत्ति अक्षयकोषलाई सहयोग गर्न संयुक्त अधिराज्य वेलायतस्थित तमु सांस्कृतिक प्रतिष्ठान नेपालको सहयोग समितिले प्रत्येक वर्ष च्यारिटी डिनरको आयोजना गरी कोष संकलन गर्ने काम गर्दै आएको छ । गतवर्ष सहयोग समितिका संयोजक तथा तमुिधं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमुको संयोजनमा फार्नबोरोस्थित वोकफार्म स्कुलको सभाकक्षमा च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको थियो । यस्तै कार्यक्रम यस वर्ष पनि आयोजना गर्न गईरहेको छ ।
प्रतिष्ठानको जन्म नेपालबाट जापान गई रोजगारीमा लागेका केहि जागरुक गुरुङ युवाहरुको पहलमा सन् १९९९ मा भएको थियो । यसले स्थापना वर्षमा नै आफ्नो प्रधान कार्यालय पोखरामा खडा गरेको छ । वहाँहरुले आफ्नो जापान बसाईको क्रममा त्यहाँको जादूमय विकासको स्तरलाई देख्नु भयो, वहाँहरुमा शिक्षा नै विकासको सबैभन्दा मूल मन्त्र रहेछ भन्ने कुराको ज्ञानवोद् भयो र आफ्नो मातृभुमिको शिक्षा क्षेत्रमा केही नगरी भएन भन्ने विचारको प्रष्फुटन भयो । त्यसैको फलस्वरुप यस प्रतिष्ठानको स्थापना हुन गयो । यो उहाँहरुको विदेश बसाईको क्रममा प्राप्त अनुभवको अत्यन्त देशभक्ती मर्मस्पर्शी र स्वागतयोग्य कदम बनेको छ ।
प्रतिष्ठानले आफ्नो उद्देश्यमा , ''(क) सम्पूर्ण तमुहरुलाई शिक्षाप्रति आकर्षित गराउने र त्यसको निम्ति विभिन्न शैक्षिक कार्यक्रमहरु गर्ने । जस अन्तर्गत एस.एल.सी. देखी उच्चशिक्षामा पि.एच.डि. सम्मका परिक्षाहरुमा उत्कृष्ठ भएका विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद तथा प्रमाणपत्रद्धारा सम्मान तथा अभिनन्दन गर्ने, (ख) तमु विद्धान समाजसेवी प्रतिष्ठित व्यक्तित्वहरु र तमु समाजको उत्थानको निम्ति योगदान पुर् याएका स्वदेशी तथा विदेशी व्यक्तित्वहरुलाई सम्मान गर्ने । (ग) तमु भाषा धर्म र संस्कृतिको जगेर्ना तथा सम्बद्र्धनको निम्ति समयसमयमा अन्तरकि्रया सेमिनार गोष्ठी आदिको आयोजना गर्ने । (घ) स्वदेश तथा विदेशमा रहेका तमुहरुलाई सदस्यता लिन आग्रह गर्ने । (ङ) तमु भाषिक पत्र-पत्रिका प्रकासन गर्न'' कुरा उल्लेख गरेको छ ।
प्रतिष्ठानले स्वदेश तथा विदेशमा रहेका संघ-संस्थाको नाममा अक्षय कोष खडा गरी सोही नाममा छात्रवृत्ति प्रदान गर्ने कुनै व्यक्तिको नाममा उनको सन्तान वा ईष्टमित्रद्वारा अक्षयकोषको स्थापना गरी छात्रवृत्ति प्रदान गर्ने, स्वदेश वा विदेशमा रहेको तमु वा गैर तमु दाज्युभाई दिदीवहिनीबाट दान स्वरुप प्राप्त रकम अक्षयकोषमा संकलन गर्ने, प्रतिष्ठानको नयाँ सदस्यबाट प्राप्त सदस्य शुल्कलाई अक्षयकोषमा जम्मा गर्ने, गरी कोषको कार्यक्रमलाई अगाडी बढाउने गर्दै आएको छ ।
प्रतिष्ठानले आफ्नो मूल लक्ष्य ''उच्च शिक्षा हाम्रो लक्ष्य'' लाई बनाएको छ ।आफ्नो सहयोगको क्षेत्र देशमा विभिन्नकारणले पिछडिएर बसेको गुरुङ समाजलाई छानेको छ । यसै लक्ष्य मुताविक प्रतिष्ठानले हरेक वर्ष विद्यालयतहका उत्कृष्ट गरिव तथा जेहेन्दार गुरुङ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । प्रतिष्ठानले सन् २००० सालदेखि एस.एल.सी. परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल सरकारी तर्फका २ जना र निजी विद्यालय तर्फका दुईजना छात्राछात्र गरी अधिराज्यभरीका ४ जना तमु विद्यार्थीहरुलाई जनही नगद रु. १००००।- अक्षेरुपी दशहजार र प्रमाणपत्रद्धारा सम्मान गरिदैं आईरहेको छ । जसमा हालसालै छैंठौ पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । समयको परिवर्तन र प्रतिष्ठानको क्षमतामा हुने बृद्धिसंगै सहयोगको दायरालाई पनि बढाउदै लैजाने लक्ष्य प्रतिष्ठानले लिएको छ । प्रतिष्ठानको यस कदमबाट धेरै गुरुङ विद्यार्थीहरुको भविष्यलाई उज्जवल बनाउन सहयोग मिलेको छ ।
प्रतिष्ठानलाई युकेबाट सहयोग गर्ने वारेमा सहयोग समिति युकेका संयोजक मीनप्रसाद तमुको भनाईमा ''प्रतिष्ठानको साथीहरुले वहाँहरुको विचारलाई हामीसंग राख्नुभयो । हामीहरु पनि सानै उमेरदेखि आफ्नो घर, गाउँ, मातृभूमि छाडी विदेशमा बस्दै आएका युवाहरु भएकोले वहाँहरुको भावनात्मक कुरासंग हामी सहमत भयौं । हाम्रो सानो पहलबाट देशको भविष्यको कर्णधार बालबच्चाहरुलाई शिक्षाको उज्यालो ज्योती पाउन सहयोग मिल्छ भने हामीले किन सहयोग नगर्ने? भन्ने विचार हामीमा पनि आयो र वहाँहरुको प्रस्तावलाई स्वीकार गरी
सहयोग समिति बनाई कार्यक्रमहरु संचालन गर्दै आईरहेका छौं ।'' वहाँको भनाई अनुसार ''सहयोग समितिमा शुरुमा मीनप्रसाद गुरुङ, सुर्य गुरुङ, ओम गुरुङ, कमल गुरुङ, हितकाजी गुरुङ, हिमाल गुरुङ, कृष्ण गुरुङ, मुच्छेत्र गुरुङ, मंजु गुरुङ, रामचन्द्र गुरुङ, मिन बहादुर गुरुङ, दिलिप गुरुङ, नविन गुरुङ संगठित हुनुभयो । हामीले आजीवन सदस्यताको अवधारणा ल्यायौं । र ५० पाउण्ड सदस्यता शुल्क तोकी हामी संस्थापक सबैजना यसको आजीवन सदस्य बन्यौं । हाल आएर ५० जना भन्दा बढि साथीहरु यसको आजीवन सदस्य भईसक्नुभएको छ ।''
सहयोग समितिले कसरी कोष संकलन कार्य गर्दै आईरहको छ? भन्ने जिज्ञासा राख्दा ''कोष संकलनको तरिका त्यहि नै हो, आजीवन सदस्यताको संख्या बढाउने हरेक वर्ष च्यारिटि डिनरको आयोजना गरी बचत रकम कोषलाई दान गर्ने, अन्य नगदै रुपमा सहयोग गर्न चाहने चन्दादाताहरुबाट चन्दा संकलन गर्ने, जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रावृत्ति दिन चाहने समाजसेवी सहयोगीहरु कोही हुनुहुन्छ भने त्यो पनि संकलन गर्ने, आदिबाट सहयोग समितिले कोष जम्मा गर्दै आईरहेको छ । त्यो कोष रकम हामीले यहाँ राख्दैनौ । त्यसलाई प्रत्येक वर्ष नेपालमा गई कार्यक्रमको आयोजना गरेर विभिन्न ठाउँहरुबाट छानिएर आएका तमु विद्यार्थीहरुलाई छात्रबृत्ति बाँड्ने गर्छौ ''। गरिव तथा जेहेन्दार विद्यार्थीहरुको छनौट पनि अत्यन्त पारदर्शी हिसाबले गर्ने गरेको छ । कसरी छान्नुहुन्छ त गरिव तथा जेहेन्दार विद्यार्थी भन्ने प्रश्नमा ''प्रतिष्ठानले छात्रवृत्ति बाँड्नु भन्दा पुर्व नै विभिन्न विद्यालयहरुलाई पत्र काटी यस वर्ष यति जना गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति दिने प्रतिष्ठानको योजना रहेकोले ईच्छुक विद्याथीर्हरुलाई निर्धारित फर्म भरी निवेदन पठाउन हुन भनी अनुरोध गर्छौ । प्राप्त निवेदकहरुलाई निर्धारित मिति समय र स्थानमा बोलाई परिक्षा लिने गरिन्छ । परिक्षार्थीहरुको सम्पूर्ण खर्च प्रतिष्ठानले नै व्यवस्था गरेको हुन्छ । नेपालका प्रतिष्ठित शिक्षाविद्हरु मध्येबाट बनेको छनौट समितिले परिक्षाको नतिजा हेरी विभिन्न मापदण्डहरुको अधारमा तोकएको संख्या अनुसार त्यस वर्षको छात्रवृत्ति पाउने विद्यार्थीहरुको नाम छनौट गरिन्छ'' भन्नुभयो ।
युकेबाट हालसम्म कतिजनालाई छात्रवृत्ति दिन सफल हुनभयो भन्ने जिज्ञासामा वहाँले भन्नुभयो, ''वेलायतको तर्फबाट गत वर्ष २०६४ सालको छात्रवृत्ति पुरस्कार तर्फ तमुिधं एसोसिएसन युकेको छात्रवृत्ति शारदा मा.वि. माछापुच्छ्रे गा.बि.स. घाचोकका कक्षा ७ मा पढ्ने असिम गुरुङ र मेनुका गुरुङ शान्तीउदय मा.वि. भरतपोखरी कक्षा ८ मा पढ्ने विवेक गुरुङ र माछापुच्छ्रे मा.वि. भुर्जुङ्गखोला कक्षा ७ मा पढ्ने कृष्ण गुरुङ मेश्राम वराह मा.वि. घान्द्रुक कक्षा ८ मा पढ्ने रोजन गुरुङले पाउनु भयो । आफ्नो पुज्यनिय स्वर्गिय पिता हर्कमान गुरुङको स्मरणमा सुर्य गुरुङको तर्फबाट स्थापीत स्व. हर्कमान गुरुङ स्मृति छात्रवृत्ति पुरस्कार पृथ्वीनाराण मा.वि. धम्पुसमा कक्षा ८ मा
पढ्ने सुश्री डिना गुरुङ शान्ति मा.वि. जुम्लेटी अर्मला कक्षा ७ मा पढ्ने अनिल गुरुङ र गौरी शंकर मा.वि. ल्वाङ्ग घलेल कक्षा ७ मा पढ्ने सुश्री प्रीया गुरुङले प्राप्त गर्नुभयो । तमुिधं युकेका सल्लाहकार श्री मकर गुरुङले स्थापना गर्नुभएको छात्रवृत्ति महेन्द्रोदय नि.मा.वि. घ्यमराङमा कक्षा ७ मा पढ्ने सुश्री मीनु गुरुङ, श्रीमान् सपन राई तथा श्रीमती माजु गुरुङको तर्फबाट आफ्नो पुज्यनीय पिता स्व.लालकाजी गुरुङको स्मरणमा स्थापीत स्व.लालकाजी गुरुङ स्मृति छात्रवृत्ति शान्ता मा.वि. सराङ्गकोट कक्षा ८ मा पढ्ने सुश्री आरती गुरुङ, तमुिधं युकेका आजीवन सदस्य श्री खुसीमान गुरुङले स्थापना गर्नु भएको श्रीमान् श्रीमति खुसीमान् गुरुङ छात्रवृत्ति शारदा मा.वि. माछापुच्छे्र गा.बि.स. घाचोक कक्षा ८ मा पढ्ने दिलिप गुरुङ र सुश्री अनु गुरुङ कालिका मा.वि. भरतपोखरी कक्षा ८ लाई वितरण गरिएको थियो'' भन्नुभयो ।
प्रतिष्ठानलाई तमुंिधं युकेको तर्पुबाट पूर्ण रुपमा सहयोग रहँदै आएको छ । तमुिधं कै तर्फबाट यहाँ सहयोग समितिको स्थापना भयो । तमुिधं युकेकै तर्पुबाट सस्थापक अध्यक्ष मिनप्रसाद तमुं यो सहयोग समितिको संयोजक हुनुभएको छ । यसैको सहयोगबाट हरेक वर्ष च्यारिटि डिनरको आयोजना गरिन्छ । तमुिधं युकेकै नामबाट अधिकांश छात्रबृत्तिको वितरण गरिदैं आएको छ । र तमुिधं युकेकै सदस्यहरुको तर्पुबाट सहयोगहरु जुटाउने काम हुँदै आएको छ । प्रतिष्ठानको कोषमा तमुिधं युकेले गर्दै आएको योगदानको वारेमा वहाँले भन्नुभयो ''प्रतिष्ठानको माध्यमबाट नेपालको गरिब तथा जेहेन्दार तमुं विद्यार्थीहरुलाई सहयोग गर्ने काम तमुिधं युकेले गर्दै आएको कल्याणकारी कामहरु मध्ये एउटा महत्वपूर्ण काम हो । तमुहरुको सेवा र सहयोगको लागि स्थापना
भएको तमुधीं युकेले नेपालका गरिब तथा जेहेन्दार तमुं विद्यार्थीहरुलाई सहयोग गर्नु आफ्नो परम कर्तव्यको रुपमा पनि लिन सक्नुपर्दछ'' ।
प्रतिष्ठानको स्थापना भएपछिको हालसम्मको १० वर्षको अवधिमा सयौं विद्याथीहरुले छात्रवृत्ति प्राप्त गरिसकेका छन् । संस्थाको सहयोगको माध्यमबाट कति विद्यार्थीले आफ्नो भविष्यलाई उज्जवल पनि बनाईसकेका छन् । जसबाट देशले दक्ष नागरिक पनि प्राप्त गर्न सकेको छ । प्रतिष्ठानको सानो पहलकदमीबाट शुरु भएको यो पावन र पवित्र काममा सबैको सहयोगको जरुरी छ । देशमा व्याप्त गरिवीको कारण कयौं होनहार भविष्यका कर्णधार युवाहरु शिक्षाबाट विमुख भएर बस्नुपरेको छ । जसले गर्दा देशको दक्ष नगारिक विदेशिनु वाध्य बनेको छ । हातमा शिप हुदैन भने विदेशमा पनि राम्रो काम पाईदैन । समस्या गम्भिर रहेको अवस्थामा शिक्षा दिने पुण्य काम प्रतिष्ठानले गर्दै आएको छ । जुन अत्यन्त प्रसंसायोग्य रहेको छ ।







