You are here: Home

तमु धी यूके ल्होसारको तयारीमा

E-mail Print PDF

रेडिङ/ बेलायतमा बसोबास गर्ने तमुहरुको सामाजिक संस्था    तमु धी यूके 'हेल्थ फर हिरोज' चेरिटी कार्यक्रम सम्पन्न गरे लगत्तै तमुहरुको महान चाड ल्होसारको तयारीमा जुटेको छ ।

विश्वभरका गुरुङ -तमु हरुले गाई वर्षलाई विदाई गर्दै वाघ वर्षलाई स्वागत गर्न पौष १५ गते ल्होसार मनाउादै छन् । ल्होसारलाई भव्यताकासाथ सफल बनाउन तमु धी युकेले संस्थाका सचिव ज्ञाम गुरुङको संयोजकत्वमा आठ सदस्यीय कमिटी गठन गरेको छ । सो कमिटीमा ओमेन्द्र गुरुङ, मे. खुसिमान गुरुङ, क्या. प्रेमबहादुर गुरुङ, इन्सपेक्टर खेमबहादुर गुरुङ, प्रेम गुरुङ -रेडिङ, गम -गोरे गुरुङ, सूर्य गुरुङ सहभागी हुनुहुन्छ । सो कमिटीले गत आइतवार आगामी ल्होसारका लागि तय गरिएको कार्यक्रमस्थल रिभरमेड लेजर सेन्टर रेडिङको अवलोकन गरी पाँचौ कार्यसमितिको तेह्रौ बैठकमा आफ्नो भावी कार्यक्रम प्रस्तुत गरेको छ ।

 


काठमाडौं किचन, रेडिङमा सम्पन्न उक्त बैठकमा आयोजक समितिको तर्फबाट तयार पारिएको कार्यक्रमको रुपरेखा ल्होसार संयोजक ज्ञाम गुरुङले प्रस्तुत गर्नु भएको थियो । विगतका वर्षहरु भन्दा भिन्दै र छिटो सुरु गरिने र कार्यक्रमलाई रोचक बनाउन विभिन्न पक्षमा जिम्मेवारीहरु विभाजन गरिएका छन् । अतिथि सत्कारतर्फ मेजर खुसिमान गुरुङ, हे.ले. चन्द्रबहादुर गुरुङ र महासचिव सुर्जे गुरुङलाई जिम्मेवारी दिइएको छ भने सिटिङ व्यवस्थापनमा क्या. प्रेमबहादुर गुरुङ, ई. खेम गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङलाई जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी सर्टिफिकेट तथा बधाई कार्यक्रमतर्फ क्या. इमान गुरुङ र हरिकाजी गुरुङ रहनु भएको छ भने श्रृंगार डेकोरेसन तथा साउण्ड सिस्टमको जिम्मा सपन इन्टरटेनमेन्ट लिमिटेड र सल्लाहकार नविन गुरुङलाई दिइएको छ । यस वर्षको कार्यक्रमलाई रोचक बनाउन नेपालबाट ख्यातीप्राप्त कलाकारहरु एडि्रयन प्रधान -पप गायक), राजु गुरुङ र चर्चित दोहोरी गायिका देवी घर्ती मगर, गुरुङ कल्चर गायक धन गुरुङ तमु धीको निमन्त्रणामा बेलायत आउादै हुनुहुन्छ ।

कलाकारहरुको भिसाबारे कोषाध्यक्ष दिलिप गुरुङले बैठकलाई जानकारी दिनु भयो । कलाकारहरुलाई आवासीय सुविधा प्रदान गर्ने लण्डन इकाई, चार भन्ज्याङ इकाई र रेडिङ इकाईका अध्यक्षहरु चित्रबहादुर गुरुङ, ले. नारायणप्रसाद गुरुङ वी.ई.एम र ओमेन्द्र गुरुङलाई आयोजक गुरुङले धन्यवाद दिनुभयो ।

नयाँ ढंगले तयार पारिएको उक्त ल्होसार कार्यक्रम दिनको चार बजेबाट सुरु गरिने आयोजकहरुले जनाएका छन् । यस वर्षबाट जीसीएसई र ए लेवलमा उत्कृष्ट अंक ल्याउने तमु विद्यार्थीलाई ५०० पाउण्डको पुरस्कार दिने निर्णय समेत बैठकले गरेको छ । डा. चन्द्रबहादुर गुरुङ, महेश गुरुङ, योगेन्द्र गुरुङ, ले. यादव गुरुङ, धर्मराज गुरुङलाई पुरस्कार प्राप्त गर्न सक्ने सम्भावित व्यक्तिहरुको छानविनका लागि जिम्मेवारी सुम्पिएको छ । यस्तो पुरस्कारबाट संस्थाका युवाहरुमा शिक्षाबारे बढि अभिरुची, इच्छा र प्रतिस्पर्धामा अभिबृद्धि हुने बैठकले निष्कर्ष निकालेको छ ।

तमु धीका प्रत्येक इकाईका सदस्यहरु कार्यक्रमस्थलमा आउनका लागि बसको व्यवस्थ्ाा गर्ने तथा आजीवन सदस्यहरुलाई निशुल्क खानाको व्यवस्थ्ाा गर्ने निर्णय समेत गरिएको छ । सदाझैं यस वर्षको पौष १५ का दिन दि तमु नेपलिज कम्युनिटी सेन्टर -तमु धी भवन) मिचेटमा परम्परागत रुपमा धार्मिक अनुष्ठान सम्पन्न गर्न धर्म गुरुहरु पेम्वा दिल लामा, धर्म गुरुङ, तिर्थ घले, कृष्ण गुरुङलाई जिम्मा दिइएको छ ।

ल्होसारलाई रोचक र उत्साहवर्द्धक बनाउन ख्यातिप्राप्त उद्घोषक सूर्य गुरुङ र योगेश गुरुङ तथा उद्घोषिका बिमा गुरुङ, सन्जु घले र कान्ति गुरुङलाई छानिएको छ ।

ल्होसारलगायत विविध विषयमा छलफल गरिएको उक्त बैठक संस्थाका अध्यक्ष सुवास सिं गुरुङ वीईएमको सभापतित्वमा सम्पन्न भएको थियो भने बैठकको सञ्चालन महासचिव सुर्जे गुरुङले गर्नु भएको थियो । बैठकमा इकाईका अध्यक्षहरु नन्दजंग गुरुङ, ओमेन्द्र गुरुङ, चित्रबहादुर गुरुङ, ले. नारायणप्रसाद गुरुङ वीईएम, धर्मराज गुरुङ र प्लमस्टिडका उपाध्यक्ष हिरा गुरुङ, सल्लाहकारहरु मिनप्रसाद गुरुङ, डा. चन्द्रबहादुर गुरुङ, ऐकेन्द्र गुरुङ, मे. खुसिमान गुरुङ, क्या. प्रेमबहादुर गुरुङ, महेश गुरुङ, कमल गुरुङ, ई. खेमबहादुर गुरुङ, सनमान गुरुङ, सदस्यहरु क्या. बालकृष्ण गुरुङ, दिपक गुरुङ, कुमारी गुरुङ, राम गुरुङ, नारायण गुरुङ, भरत गुरुङ, कुमार गुरुङ, प्रेम गुरुङ, दिपक गुरुङ, चन्द्रमान गुरुङ र सपन राईले ल्होसारको भव्य सफलताको कामना व्यक्त गर्दै सुझावहरु राख्नु भएको थियो ।

सौहार्द्धपूर्ण वातावरणमा सम्पन्न उक्त बैठककालागि स्थान उपलव्ध गराउने र सहभागीहरुका लागि खानाको व्यवस्था गर्ने काठमाडौं किचनका प्रोप्राइटर विश्व गुरुङ/चन्द्रमान गुरुङ, पेय बस्तुहरु उपलव्ध गराउने पोखरा ट्राभलका डाइरेक्टर तथा संस्थाका सचिव ज्ञाम गुरुङलाई महासचिव सुर्जे गुरुङले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

Comments (0)Add Comment

Write comment
You must be logged in to post a comment. Please register if you do not have an account yet.

busy