You are here: Home

Lhosar Parba

E-mail Print PDF
विचार/विवेचना
 
ल्होछार र सांस्कृतिक आन्दोलन
लक्ष्मण गुरुङ 'नयाँघरे'
 
 
 

गुरुङ जातिमा एउटा कथा छ । 'पुस १४ को रात सबैभन्दा लामो र चिसो रात हो । त्यसैले उक्त रात कटाउन मुस्किल भएर फिस्टो चरा पनि तीनपटक मूर्छा पर्छ ।' यस वर्षको पुस १४ गतेको रातबाट ल्वों ल्हो -गाई वर्ग)को अन्त्य भई तो ल्हो -बाघ वर्ग)को आगमन हुँदैछ । ल्होको अर्थ वर्ग हुन्छ र छारको अर्थ नयाँ अर्थात् ल्होछार भनेको नयाँ वर्गको आगमन हो । त्यसैले ल्होछारलाई सजिलो र सबैले बुभ\mने भाषामा भन्नुपर्दा नयाँ वर्ष भनिन्छ ।

 

ल्होछार खगोलशास्त्रको अध्ययनसँग पनि जोडिएको छ । चिनियाँ ज्योतिषशास्त्रमा विद्यावारिधि गर्नुभएका सहप्राध्यापक डा. जगमान गुरुङका अनुसार खगोलशास्त्रको अध्ययन मध्यपूर्व र मङ्गोलियाबाट भएको हो । मध्यपूर्व र मङ्गोलिया दुवैतिरका खगोलशास्त्रीहरूले आकाशमा तारा अर्थात् नक्षत्रहरूको विशेष १२ समूह देखेको र ती विशेष समूहले मानवीय क्रियाकलाप र जनजीवनमा पनि असर पार्ने भेटिएकाले राशी र वर्गका रूपमा व्याख्या गरिएको र राशीफल तथा ल्होफल हेर्ने तथा निर्धारण गर्ने गरिएको हो । त्यसैले राशी र वर्गचक्रमा धेरै हदसम्म समानता छ ।

परम्परागत रूपमा ल्होछार मनाइँदा पुस १४ गतेको रात पितृहरूको पूजा गरिन्छ । गुरुङ पुरोहितहरू -पच्यु, क्ल्हेप्री र वोन्पो लामा)हरूले बाह्रवटा ल्होको कैंदु -मूर्ति) तयार पारेर फाँसो फाल्छन् । थोत्रो नाङ्लोमा राखिएका कैंदुहरूलाई मन्त्र पढेर घचेट्दा ती कैंदुहरू लडेको दिशा र लडाइँको प्रकृतिलाई हेरेर शुभ-अशुभ छुट्याइन्छ । त्यसपछि अशुभ हुने ल्होका मानिसहरूलाई बेसार पानीमा भिजाइएको काँचो धागोको डोरी -जसलाई रीपा भनिन्छ) केटाहरूलाई नौ सरा, नौ गाँठो र केटीहरूलाई सात सरा, सात गाँठो बाँधेर स्याईस्याई गरिन्छ ।

ल्होछारमा गुरुङहरूले स्यो कैं खान्छन् । स्यो कैंलाई वनभोजसँग पनि तुलना गर्न सकिन्छ तर ल्होछारबाहेक अरूबेला खाइने वनभोजलाई खास अर्थमा स्यो कैं भनिँदैन । तिहारमा देउसी-भैलो खेलेर जम्मा गरिएको दानमा महिलाहरू -रिमै)ले चामलआदि घरबाटै ल्याउन सकिने सामान लैजाने र पुरुषहरू -मैमै)ले किन्नुपर्ने कुराहरू किनेर पुस १५ कै दिनमा खाइने विशेष भोज -भात)लाई मात्र स्यो कैं भनिन्छ । पञ्चायतकालमा कुनै पनि जाति विशेषका मानिसहरू एकै थलोमा भेला भएर चाडपर्व मनाउने वातावरण थिएन । खासगरी कुनै जातीय मोर्चा खोल्न लागेको वा राजनीतिक सङ्गठन निर्माण गर्न लागिएको वा साम्प्रदायिकताको आशङ्कामा त्यस्ता भेलाहरूमाथि अघोषित प्रतिबन्ध लगाइएको थियो । त्यसैले स्यो कैं खानेहरू बारीका कान्लामा लुकेर खान्थे ।

वि.सं. २०४६ सालमा आएको राजनीतिक परिवर्तनसँगै विभिन्न जातिहरू आप\mनो जातिको मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले सङ्गठित हुन थाले । ल्होछारजस्तो विशुद्ध सांस्कृतिक र सबैले घरघरमै मनाउने मौलिक चाड मनाउने तौरतरिकामा पनि ठूलो परिवर्तन आयो । काठमाडौंमा सधैँजसो कुनै न कुनै राजनीतिक महत्त्व राख्ने नाराका साथ भव्य रूपमा ल्होछार मनाउन थालिएको पनि एकदशक नाघिसकेको छ । २०५९ सालमा नयाँ बानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र -हाल संविधानसभा भवन)मा तमू ल्होछारको मूल समारोह आयोजना गरिएपछि चाहिँ काठमाडौंमा मनाइने ल्होछारले वास्तवमै ठूलो चर्चा, परिचर्चा पाउन थालेको देखिन्छ । त्यसयता केही वर्ष सोही स्थानमा र पछिल्लो समयमा काठमाडौंको केन्द्रबिन्दु टुँडिखेलमै ल्होछारको विविध र मूल समारोहको कार्यक्रम आयोजना हुँदै आएको छ ।

अघिल्लो वर्षहरूमा भै"m यस वर्ष पनि ल्होछारमा राजनीतिक नाराले नै मुख्य स्थान पाएको छ र यस वर्षको नारा रहेको छ, 'सम्पूर्ण तमूहरूको एउटै धारणा, तमुवान राज्यसहितको संविधान हाम्रो चाहना' । देश सङ्घीयतामा जाँदा ऐतिहासिकतालाई आधार मानेर तमुवान राज्यको व्यवस्था संविधानमै उल्लेख हुनुपर्छ भन्ने सम्पूर्ण गुरुङहरूको चाहना र माग हो । त्यसैले ल्होछार विशुद्ध सांस्कृतिक चाड भए पनि यस्तो नारा राखिनु अहिलेको परिस्थितिमा अस्वाभाविक लाग्दैन ।

यस वर्ष काठमाडौंको ल्होछार भव्य रूपमा सम्पन्न गर्न तमू हृयुल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष प्रा.डा. गणेशमान गुरुङको संयोजकत्वमा १०१ सदस्यीय तमू ल्होछार मूल आयोजक समिति गठन गरिएको छ । ल्होेछार पर्वका क्रममा मौलिक भेषभूषासहितको सांस्कृतिक र्‍याली, टुँडिखेलमा मूल समारोहको औपचारिक कार्यक्रम तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न आयोजना गरिएको छ । आप\mनो संस्कार र संस्कृतिलाई निरन्तरता दिन र अहिले बन्न लागिरहेको नयाँ संविधानमा आप\mनो हकअधिकार सुनिश्चित गर्न सांस्कृतिक आन्दोलनकै रूपमा यसपटकको ल्होछार मनाउने तयारी भइरहेको आयोजक समितिका संयोजक प्रा.डा. गणेशमान गुरुङको अभिमत छ ।

काठमाडौं उपत्यकालगायतका सहरहरूमा तमू ल्होछार औपचारिक कार्यक्रमसहित सामूहिक रूपमा मनाइँदै आएको भए तापनि आगामी दिनमा कसरी मनाउने भन्ने विषयमा बहसको थालनी सुरु भइसकेको छ । खासगरी राजनीतिक अधिकार र सरकारी सेवा, सुविधा तथा अवसरबाट वञ्चित गरिएको सन्दर्भमा विगतमा सामूहिक ल्होछार मनाउन थालिएको थियो । पहिले समग्र जातिको राजनीतिक अधिकार प्राप्ति अर्थात् जातीय मुक्तिको स्वार्थसँग जोडिएर सामूहिक ल्होछार मनाइन्थ्यो भने पछिल्लो समयमा आएर ल्होछारलाई गुरुङ जातिभित्रकै केहीले आप\mनो व्यक्तिगत स्वार्थसिद्धिको थलो बनाउन थालेको यदाकदा गुनासो सुनिन थालेको छ ।

विगतमा ल्होछारको आयोजनाको सम्पूर्ण जिम्मेवारी र भार सामाजिक संस्थाले लिने गरेकोमा हालका वर्षहरूमा राजनीतिक दलका भ्रातृ संगठनहरू हावी हुन थालेका छन् । फलतः सामूहिक ल्होछारप्रति गुरूङ समुदायमा एक किसिमको वितृष्णा पनि उब्जन थालेको पाइन्छ । एकातिर राजनीतिक अधिकार पाउँदै गएको र अर्कोतिर राजनीतिक दलका भ्रातृ सङ्गठनहरूको हालीमुहालीको कारण भविष्यमा ल्होछार आजकै जस्तो सामूहिक र भव्य औपचारिक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिन्छ भन्नेमा कुनै ग्यारेन्टी छैन । र, हिजोकै दिनमा जस्तो स्यो कैं खाएर शुभकामना आदानप्रदान गरी मनाउने दिन पनि नआउला भन्न सकिन्न ।

(यो लेख गोरखापत्रबाट साभार गरिएको हो ।) 

Comments (0)Add Comment

Write comment
You must be logged in to post a comment. Please register if you do not have an account yet.

busy