You are here: Home

स्व. डा. हर्क गुरुङ स्‍मृति अवार्ड विजेता

E-mail Print PDF

 

 

तमु धी यूकेका संरक्षक, विद्वान तथा भूगोलविद स्व. डा. हर्क गुरुङको स्‍मृतिमा तमु धी यूकेले यस वर्षको ल्होसार देखि GCSE तथा A Level मा सर्वोत्क्रिष्ट अंक प्राप्त गर्ने २ जना तमु विद्यार्थीहरुलाई स्व. डा. हर्क गुरुङ अवार्डबाट सम्मानित गरेको छ। जनही ५०० पाउन्ड  पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्ने हरुमा दुवै तमु छोरी हरु रहेका छन। आफ्ना अभिभावक र सम्पूर्ण तमु समुदायलाई गौरवान्वित बनाउन सफल, भविष्यका चम्किला तारा यि नानीहरुको छोटो परिचय र उनीहरु सँग गरिएको कुराकानीको केही अंश हामीले यहाँ राखेका छौं।(पढ्नका लागि भित्र आउनुहोस्। )

 

अभिलाषा गुरुङ:

 

GCSE मा सर्वोत्क्रिष्ट अंक ल्याएर स्व. डा. हर्क गुरुङ अवार्ड प्राप्त गर्न सफल नानी हुन अभिलाषा गुरुङ। उनी हाल ग्रिम्स्बी लिन्कोनशेयरमा बस्नुहुने कन्सल्ट्यान्ट डा. अनेकमान गुरुङ तथा डा. गुराँस गुरुङ(लावती) की ज्येष्ठ सुपुत्रि हुनउनका बुवा डा. अनेकमान गुरुङ मूलत घान्द्रुक, कास्की का वासिन्दा हुन भने, आमा श्रीमती गुराँस गुरुङ (लावती) पाँचथर यासोककी हुन। सन १९९३ मा  नेपालमा जन्मेकी अभिलाषा सानै छँदा बुवा आमासँग बेलायत आएकी हुन। मिहेनत गरे असम्भव भन्ने केही छैन भन्ने कुरा उनले सन २००९ को GCSE मा 12 A* ल्याएर प्रमाणित गरेकी छिन। सानै उमेर देखि बेलायतमा हुर्के पनि आफ्नै नेपाली भाषा बोल्न रुचाउने अभिलाषा सम्पूर्ण तमु विद्यार्थीहारुका लागि रोल मोडल बनेकी छिन्। के भन्छिन त अभिलाषा आफ्नो सफलता पछि ? प्रस्तुत छ उनी सँग गरिएको कुराकानीको केही अंश।

तमु धीं: GCSE मा सर्वोत्क्रिष्ट ग्रेड हासिल गरेर हालैमा स्व. डा. हर्क गुरुङ अवार्ड प्राप्त गर्नुभएकोमा तपाईंलाई बधाई छ !

अभिलाषा: धन्यवाद !

तमु धीं : गुरुङ जातीको नयाँ वर्ष ल्होसारको उपलक्षमा तमु धीं यूकेले आयोजना गरेको प्रोग्राममा हजारौं दर्शकहरु सामु तपाईंलाई डा. हर्क गुरुङ अवार्ड बाट सम्मानित गरिंदा कस्तो अनुभव भयो?

अभिलाषा : धेरै खुशी लाग्यो। प्राउड फिलिङ भयो।

तमु धीं: तपाईंले कुन स्कुलबाट GCSE पास गर्नु भएको हो?

अभिलाषा : मैले  Caistor  Grammar School बाट पास गरेको हो।

तमु धीं: तपाईंले GCSE मा जम्मा कति वटा बिषय लिनुभएको थियो?

अभिलाषा: १२ वटा।

तमु धीं: अनि १२ वटा बिषयमा १२ वटै A* ल्याउनुभयो है ?

अभिलाषा: हजुर।

तमु धीं: ओहो! कति राम्रो रिजल्ट ! यसरी सबै बिषयमा A* ल्याउन कसरी सफल हुनुभयो? तपाईंको सफलताको रहस्य ( secret) के हो? बताइदिनोस न।

अभिलाषा:  सिक्रेट त केही छैन। मलाई त खासै त्यस्तो केही थाह छैन। शायद लक होला।

तमु धीं: तपाईं भाग्यमा विश्वास गर्नुहुन्छ?

अभिलाषा: अलि अलि! (उनी हांस्दै भन्छिन। )

तमु धीं: मिहेनत त गर्नै पर्छ नि हैन र ?

अभिलाषा:  हो, मिहेनत त गर्नै पर्छ। शुरु देखी नै पढ्ने, practice paper हरु गर्ने, OCR अथवा AQA आफ्नो एक्जाम बोर्ड कुन हो त्यही अनुसार ईन्टरनेट बाटmaterial हरु खोजेर पढ्ने गर्नु पर्छ।

तमु धीं: स्कुल आवर बाहेक दिन मा कति घण्टा पढ्नुहुन्छ ?

अभिलाषा: हेरी हेरी, एवरी डे फरक फरक हुन्छ, यति नै भन्ने छैन। कहिले धेरै कहिले थोरै, धेरै जसो घर आए पछि खाजा खाए पछि एक/दुई घण्टा होमवर्क गर्ने, पढ्ने गर्छु।

तमु धीं: तपाईंले लिएका १२ वटा बिषय मध्ये तपाईंलाई सबै भन्दा मन पर्ने ५ वटा बिषय के के हुन? बताइदिनोस न।

अभिलाषा: सबै भन्दा मन पर्ने बिषय .....( केही सोच्दै) History, Biology, Maths, French र Religious Education (RE) हो।

तमु धीं: भविष्यमा तपाईंले के बन्ने लक्ष्य राख्नु भएको छ ?

अभिलाषा: Future मा मेडिसिन पढ्न मन लागेछ, चिल्ड्रेन सँग पनि काम गर्न लागेछ। तर अझै अप्लाई गर्न टाईम छ, अहिले नै यही भनेर डिसाइड गरेको छैन।

तमु धीं: कसैले त म भविष्यमा इन्जिनियर बन्छु, डाक्टर / नर्स वा टिचर बन्छु भनेर ऐम राख्छन नि , तपाईंले aim राख्नु भएको छैन ?

अभिलाषा: . अं.........लाग्न त डाक्टर हुन मन लागेछ।

तमु धीं:  डाक्टर नै किन ? कतै बाबा आमा दुवै डाक्टर भएर त हैन ?

अभिलाषा: त्यो पनि हुन सक्छ (निकै घत परे जसरी हांस्दै भन्छिन)। मोम एन्ड ड्याड जस्तै हुन मन लाग्छ। (बल्ल कुरो फुस्काउँछिन उनी।)

तमु धीं: तपाईंको लक्ष्य प्राप्तीका लागि एउटा महत्वपूर्ण खुड्किलो (Important step) GCSE मा ज्यादै राम्रो सफलता पाउनुभयो। तपाईं यसको श्रेय /credit कसलाई दिनुहुन्छ?

अभिलाषा: मोम एन्ड ड्याडलाई होला।

तमु धीं: तपाईं आँफैले मिहेनत गरेर भएको जस्तो लाग्दैन ?

अभिलाषा: हैन, सबैले सघाएर भएको जस्तो लाग्छ। आँफैले मात्र गरेर हुँदैन। Parents को हेल्प त चाहिन्छ।

तमु धीं: तपाईंलाई बाबा आमाले कसरी हेल्प गर्नु भयो ?

अभिलाषा: धेरै तरिका (way) बाट हेल्प गर्नुभयो। त्यो गाह्रो सब्जेक्ट जस्तै केमिस्ट्रीमा बूक्स पढ्नमा ड्याडीले हेल्प गर्नुभयो। मोमले पनि प्रश्नहरु सोधेर हेल्प गर्नुहुन्थ्यो।

तमु धीं: पढाई बाहेक अरु इन्टरेस्ट वा होब्बी के के छन ?

अभिलाषा: डान्सिङ, स्कुलमा नेट बल खेल्ने आदि।

तमु धीं: स्कुल विदा (holiday) भएको बेला आफ्नो लेजर टाईममा के गर्नुहुन्छ? अरु कुनै activities गर्न्हुन्छ कि ?

अभिलाषा: Dancing Lesson मा जान्छु, सिङिङ् (Singing) र पियानो लेसनहरु लिन्छु।

तमु धीं: ओहो, तपाईं गीत पनि गाउँनुहुन्छ? त्यसो भए तपाईंको गीत सुन्न पर्ने भयो एक दिन!

अभिलाषा: हैन त्यस्तो खासै हैन, खित्का छोडेर हाँस्दै भन्छिन, फनको लागि मात्र हो।

तमु धीं: अभिलाषा ! कति सुन्दर अनि अर्थपूर्ण नाम छ है तपाईंको ?

अभिलाषा: हो र ? उनी मुस्कुराउंदै जवाफ दिन्छिन।

तमु धीं: तपाईंको नामको अर्थ (meaning) थाह छ तपाईंलाई ?

अभिलाषा: खै, विश(wish) वा डिजायर(desire) होला।

तमु धीं: एकदम ठीक भन्नुभयो तपाईंले। हिजो सम्म तपाईं आफ्नो बाबु आमा, परिवार, आफन्त र साथीहरु बिच मात्र चिनिनुहुन्थ्यो तर तमु धी यूके बाट डा. हर्क गुरुङ अवार्ड बाट सम्मानित भएपछि तपाईं सम्पूर्ण तमुहरुको अभिलाषा बन्नुभएको छ। अझ भनौं नेपाली हरुको अभिलाषा बन्नु भएको छ। अब भन्नुहोस् तमुहरु तथा नेपालीहरुको अभिलाषा पूरा गर्न तपाईंको फ्युचर प्लान (future plan) के छ ?

अभिलाषा: पहिला त ए लेबल राम्रो गर्ने, त्यस पछि राम्रो युनिभर्सिटीमा प्लेस पाउने अनि राम्रो ज~ब (job) पाउने।

तमु धीं: राम्रो भन्नाले कस्तो ज~(job) होला ?

अभिलाषा: अहिले त डा. हुन मन लागेको छ। हेरौं के हुन्छ। तर मलाई बच्चाहरुसँग काम गर्ने, खास गरेर पिडिअट्रिशन् (paediatrician )  हुन मन पर्छ। त्यस्तै टिचर हुनु पनि राम्रो लाग्छ।

तमु धीं: तपाईंको प्रतिभा मिहेनतले तपाईंको लक्ष्य प्राप्ती अवश्य हुनेछ। तपाइको नाम अनुसार सम्पूर्ण तमु तथा नेपालीहरुको अभिलाषा पूरा गर्न सफल हुनुहोस्, तमु धी यूकेको तर्फबाट धेरै धेरै शुभकामना !

अभिलाषा: धन्यवाद !

तमु धीं: अन्तमा तमु धी यूके मार्फत तमु विद्यार्थीहरुलाई केही सन्देश / message दिन चाहनुहुन्छ कि ?

अभिलाषा: मेसेज....., मिहेनत गर्नु पर्छ। ट्राइ हार्ड, डोन्ट गिव अप एन्ड यू क्यान डु इट ! भन्न चाहन्छु।

 

सोफिन गुरुङ:

A  Level  मा सर्वोत्कृष्ट अंक ल्याई ल्होसारको पुनित अवसरमा स्व. डा. हर्क गुरुङ अवार्डबाट सम्मानित हुने प्रतिभाशाली तमु विद्यार्थी हुन सोफिन गुरुङ। सन १९९० मा काठमाडौंमा जन्मेकी सोफिन, भू. पू. गोर्खा सैनिक, 7 GR का सदस्य, राईफलम्यान (Army no. 21163717) धर्मराज गुरुङ तथा राधिका गुरुङकी साईंली छोरी हुन। हाल वोकिङमा बसोबास गर्ने सोफिनका बुवा धर्मराज गुरुङ, आफ्नो पुर्ख्यौली थलो वडा नं ६ माङमाया गाउँ, माछेपोखरी गा. वि. स. खाँदबारी, संखुवासभा भएको बताउंछन। संखुवासभा समाज यूकेका संस्थापक अध्यक्ष तथा वोकिङ नेपाली समाज यूकेका फाउन्डर भाइस चेयरम्यान समेत रहीसकेका श्री गुरुङ हाल तमु धीं यूके वोकिङ एकाइका चेयरम्यान हुन। छोरी सोफिनले गरेको उन्नति प्रति गर्व गर्दै श्री गुरुङले १२ देखि १६ वर्ष सम्म को उमेर आफूले भेडिगोठमा बिताएको र त्यस्पछी ब्रिटिश सेनामा भर्ती भएकोले शिक्षाको उचित अवसर नपाएको अनुभव सुनाउंदै बालबालिकाहरुलाई राम्रो बातावरण दिन सके, साधारण मान्छेको सन्तानले पनि उन्नति गर्न सक्दो रहेछ भनी बताउँछन।

अब ए लेभलमा सबै बिषयमा A ग्रेड ल्याउन सफल छोरी सोफिन के भन्छिन त ? पढ्नुहोस् उनीसँग गरिएको कुराकानीको केही अंश---

 

तमु धीं: सर्वप्रथम त ए लेबलमा सर्वोत्कृष्ट अंक प्राप्त गरेर हालैमा स्व डा. हर्क गुरुङ अवार्ड प्राप्त गर्न सफल हुनुभएकोमा तपाईंलाई हार्दिक बधाई छ।

सोफिन: धन्यवाद!

तमु धीं: गुरुङ जातिको नयाँ वर्ष तो ल्होसार" सेलेब्रेशनको अवसरमा दर्शकहरुको ठुलो मासमा तपाईंलाई डा. हर्क गुरुङ अवार्ड बाट सम्मानित गरिंदा कस्तो अनुभव भयो?

सोफिन: डेफिनेट्ली खुशी लाग्यो। यसरी अवार्डेड भए पछि खुशी लाग्नु स्वभाविक हो। त्यसमा पनि डा. हर्क गुरुङ नेपाल को एउटा लेजेन्ड एउटा विद्वानको नाममा तमु धी यूकेले स्थापना गरेको अवार्ड बाट सम्मानित हुन पाउँदा एकदमै खुशी लाग्यो।

तमु धीं: तपाईंले ए लेबलमा कति वटा बिषय लिनुभएको हो र ती के के हुन? बताइदिनोस न ।

सोफिन: मैले ए लेबलमा ३ वटा मेन कोर्स (3A) र २ वटा AS कोर्स गरेको हो। First year(AS Level) मा Accaunting Business, Maths र इन्फर्मेसन टेक्नोलोजि कम्युनिकेसन (ICT) लिएकी थिएं। र second year(A2 Level) मा एकाउन्टिङ, बिजेनेस, Maths र ICT ड्रोप गरेर इकोनोमिक्स लिएँ।

तमु धीं: भनेपछि तपाईंले पहिलो वर्ष र दोश्रो वर्ष (AS & A2) गरेर ए लेबलमा 3A 2AS गर्नु भयो र सबै बिषयमा A ग्रेड ल्याउनुभयो। तपाईंले सबै बिषयमा A ग्रेड ल्याउने टार्गेट राखेर पढ्नु भएको थियो?

सोफिन:  A नै ल्याउँछु भन्ने थिएन। म त्यस्तो ambitious एम्बिसिअस थिइन। तर राम्रो मार्कस ल्याएर पास गर्छु भनेर मिहेनत गरेकी थिएँ। राम्रो सँग पढे पछि भइहाल्छ। खासै बढी एम्बिसिअस हुनु भन्दा पनि consistently राम्रो सँग स्टडी गर्नु राम्रो हुन्छ।

तमु धीं: तपाईंको पालामा ए लेबलमा A* को चलन भएको थिएन है ?

सोफिन: अँह थिएन।

तमु धीं: भएको भए A ग्रेडको सट्टा पक्कै A*( ए स्टार ) ल्याउनुहुन्थ्यो होला है ?

सोफिन: A को सट्टा A*  नै ल्याउन सक्थें भनेर त भन्न सक्दिन किनभने A* लागु गरे पछि झन टाइट हुन्छ। A* ल्याउनलाई 100 मा 90 ल्याउनु पर्छ। मलाई मेरो सबै मार्क्स त याद भएन तर प्राय सबै बिषयमा मेरो 100  मा 90 कटेको थियो।

तमु धीं: स्कुल लेबलमा भन्दा ए लेबलमा अर्थात कलेज लेबलको पढाई एकदम गाह्रो हुन्छ भन्ने भनाइ विद्यार्थीहरुको छ। तर तपाईंले सबै बिषयमा ए ग्रेड ल्याउन कसरी सफल हुनुभयो ? तपाईंको सफलताको रहस्य बताइदिनोस न।

सफलताको रहस्य भनेर खासै कुनै पर्टिकुलर रिजन वा टिप्स त हुँदैन। मैले ल्याउँछु नै भनेर ल्याएको हैन शायद लकी भएर होला। तर कन्सिस्टन्ट  एफर्ट वा मिहेनत  त  गर्नु पर्छ। मैले त अझै पार्ट टाईम काम पनि गरेकी थिएँ। मिहेनत गरे गाह्रो हुँदैन। त्यही हो, रेगुलर क्लास अटेन्ड गर्ने, क्लासमा कन्सन्ट्रेट गर्ने, ईम्पोर्टेन्ट कुराहरु नोट गर्ने,  कोर्स वर्क र होम वर्क टाईममा गर्ने, होम वर्क आँफै गर्ने, साथीको नसार्ने, दिनमा आधा घण्टा एक घण्टा जती हुन्छ, भ्याएको बेला ध्यान दिएर पढ्ने गर्नु पर्छ। खास पढ्ने भनेर किताब रट(rote) गर्न हुँदैन। फ्रेश मूड भएको बेलामा थोरै समय पढे पनि बुझेर पढ्नु पर्छ।

तमु धीं: 3A अति उत्कृष्ट ग्रेड ल्याएर ए लेबल पास गर्नु भएको छ। उच्च शिक्षाका लागि चारैतिर युनिभर्सिटीको ढोका खुलेको छ। तपाईं यो सफलताको श्रेय कसलाई दिनुहुन्छ?

सोफिन: सफलताको श्रेय म डेफिनेट्ली मेरो प्यारेन्ट्सलाई दिन्छु। मेरो प्यारेन्ट्स धेरै पढेको नभए पनि वहाँहरुले एजुकेशन एकदम इमपोर्टेन्ट कुरा हो, एजुकेशन राम्रो हुनुपर्छ भनेर संधै motivate गर्नु भयो। राम्रो एन्भाइरनमेन्ट दिनुभयो। वहाँहरुको inspiration ले गर्दा नै मैले, यो प्रेस्टीजिअस अवार्ड प्राप्त गर्न सकें।

तमु धीं: बाबु आमाले कस्तो किसिमले सहयोग गर्नु भयो तपाईंलाई ? पढ्नुपर्छ छोरी भनेर जोड दिनुहुन्थ्यो कि तपाईं आँफै पढ्नु हुन्थ्यो?

सोफिन: मलाई पढ्नु पर्छ भनेर जोड दिन परेन। म आँफै पढ्थें तर नेपालमा होस्टलमा बस्दा जोड दिन्थ्यो। बाबु आमा को सहयोग बारे भन्नु पर्दा, वहाँहरुले विशेष गरेर मेरो इन्टरेस्ट जे छ, त्यही अनुसार अगाडि जानका लागि motivate गर्नुभयो। जस्तो कि मैले एस.एल.सी मा डिस्टिङ्शन ल्याएँ। कतिपय मनिसहरुले साईन्स पढ्नु पर्छ डाक्टर, इन्जिनियर बन्नु पर्छ भने। हुन त मैले साईन्स मा पनि राम्रै मार्क्स ल्याएकी थिएं। तर मलाई साईन्स भन्दा एकाउन्टिङ पढ्न मन लाग्यो। मेरो parents ले मेरो इच्छा र इन्टरेस्ट अनुसारको सब्जेक्ट पढ्न दिनुभएको छ। वहाँहरुले फुल्ली सपोर्ट गर्नुभएको छ।

यसै प्रसंगमा म अरु parents लाई पनि अड्भाइस दिन चाहन्छु कि, तपाईंहरुले आफ्नो नानीहरुको इन्टरेस्ट बुझेर उनिहरुलाई जुन बिषय मन पर्छ, त्यही पढ्न दिनुहोस्। सबै जना डाक्टर,इन्जिनियर नै बन्नु पर्छ भन्ने छैन। यस्को अर्थ फेरी साईन्स पढ्ने लाई नराम्रो भन्न खोजेको हैन। साईन्समा इन्टरेस्ट हुनेलाई साईन्स राम्रो हो तर कुनै बच्चालाई स्पोर्टसमा interest  छ भने उसलाई स्पोर्टसमा लाग्न दिनु राम्रो हुन्छ। यसरी बच्चाहरुको interest  बुझेर support गरेमा उनिहरुले प्रोग्रेस गर्न सक्छन।

तमु धीं: कुन कलेजबाट ए लेबल गर्नुभएको हो तपाईंले?

सोफिन: वोकिङ कलेजबाट।

तमु धीं: तपाईंले आफ्नो प्रारम्भिक शिक्षा अथवा स्कुलको पढाई नेपालमा पूरा गर्नुभयो कि यहाँ यूकेमा ?

सोफिन: स्कुलको पढाई नेपाल मै पूरा गरेको हो। एस.एल.सी पास गरे पछी यहाँ आएको हो।

तमु धीं: कुन स्कुलबाट एस.एल.सी पास गर्नु भएको हो?

सोफिन: फ्युचर स्टार हाई स्कुल, जावलाखेल, काठमाडौं बाट।

तमु धीं: नेपालमा एस.एल.सी पास गरेर यूके आएका वा नेपालमा स्कुल पढ्दा पढ्दै यहाँ स्थानान्तरण (ट्रन्स्फर) भएर आएका विद्यार्थीहरुलाई यहाँको स्कुल कलेजहरुमा सेटल हुन गाह्रो हुन्छ भन्छन। तर तपाईंले त खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तो पढने विद्यार्थीलाई जहाँ गए पनि फरक पर्दैन भन्ने कुरा प्रमाणित गरेर देखाउनुभयो। तपाईंलाई गाह्रो भएन ? तपाईंको शुरुको अनुभव बताइदिनोस् न।

सोफिन: शुरुमा नयाँ देश, नयाँ ठाउँमा, नय कलेजमा एडजस्ट हुन गाह्रो त हुन्छ नै। शुरु शुरुमा कोर्स वर्कहरु गर्दा अलि गाह्रो लाग्थ्यो। पढाउने वेज (ways) डाइभर्स हुन्थ्यो, पढाई को सिस्टम फरक हुंदा यस्तो तालले खै कसरी होला जस्तो लाग्थ्यो। पछि पछि गएर बानी पर्दै गयो। मिहेनत गर्दै गएँ। पछि जनवरीमा एक्जाम भए पछि रिजल्ट राम्रै आयो । त्यस्पछी हौसला बढ्यो। आँफै एन्करेज भयो र कन्टिनिअस एफर्ट गर्दै जाँदा राम्रै भयो, पछि त्यति गाह्रो लगेन।

तमु धीं: तपाईंका अन्य रुचिहरु होब्बी के के हुन बताइदिनोस न्।

सोफिन: होब्बी त भाई बहिनीहरु सँग चेस खेल्ने, डान्सिङ गर्ने , दिदीबहिनिहरुसँग घरमा पार्टी तिर रमाइलोको लागि डान्स गर्छु।  अस्ति ल्होसारमा पनि पर्फोम गरेकी थिएँ।

तमु धीं: अरु के के गर्न मन पराउनुहुन्छ फुर्सत को समय मा ?

सोफिन: दिदी स्पोर्टी टाईपको हुहुहुन्छ वहाँ सँग बास्केटबल खेल्न जान्छु, त्यस्तै टि.भी प्रोग्राम हरु हेर्ने गर्छु।

तमु धीं: तपाईंले भविश्यमा के बन्ने लक्ष्य राख्नुभएको छ?

सोफिन: भविष्यमा चार्टर एकाउन्टेन्ट बन्छु भन्ने लागेको छ।

तमु धी: तपाईंलाई चार्टर एकाउन्टेन्ट नै किन बन्न मन लगेको हो? के कुरा बाट प्रेरित हुनु भयो?

सोफिन: खस म नाइन क्लासमा हुँदा नेपालमा चार्टर एकाउन्टेन्ट CA थोरै छन, CA को डिमान्ड धेरै छ. भन्ने मोनिटरी व्यालु पढ्न गाह्रो हुन्छ भन्ने  कुरा होस्टलमा बस्दा होस्टल इन्चार्ज बडा बाट सुने पछि त्यत्तिकै CA बन्छु भने लाग्यो। खासै बुझेको थिइन, त्यो थोरै मध्ये एक बन्छु भन्ने लाग्यो।

तमु धीं: आफ्नो लक्ष प्राप्तीका लागि हाल तपाईं के गर्दै हुनुहुन्छ?

अहिले म ग्याप इयर (gap year) लिएर काम गर्दै छु। खास गरेर होम स्टुडेन्ट भएर पढ्नका लागि ३ वर्ष नपुगेकोले gap year लिएको हो। अब समरमा नेपाल जान्छु र फर्के पछि सेप्टेम्बरमा ब्रिस्टल युनिभर्सिटी जानेछु।

तमु धीं: यो gap year लिने चलन निकै दिखिन्छ यहाँ, के हो यो gap year भनेको?

सोफिन: यहाँ ईंग्लिश हिसाबले, सानैमा तीन/चार वर्ष देखी लगातार स्कुल त्यस्पछी कलेज पढेको पढ्यै गर्छन्। त्यसैले कलेज सकिए पछि कोही यो gap year (break) लिएर ट्राभलिङ गर्ने नयाँ एक्स्पेरिएन्स लिने गर्छन् र पछि युनिभर्सिटी जोइन हुन्छन।

तमु धीं: तमु धी यू के मार्फत तमुहरुलाई केही सन्देश दिन चाहनुहुन्छ कि?

सोफिन: आफ्नो भाषा, संस्क्रिती नछोडौं । भन्न चाहन्छु। मेरो ड्याडीको उमेरको पुरनो जेनेरेशनको ले त धेरै गरिराख्नु भएको छ। तर यो मेसेज स्पेसल्ली यङ जेनेरेशनका लागि।

तमु धीं: छोटो मिठो सन्देश दिनु भयो। हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद अनि अन्तमा तपाईंको CA बन्ने लक्ष्य पूरा होस् तमु धी यू के का तर्फ बाट धेरै धेरै शुभकामना।

सोफिन: तपाईंलाई पनि धेरै धेरै धन्यवाद!

Comments (0)Add Comment

Write comment
You must be logged in to post a comment. Please register if you do not have an account yet.

busy