छ्याजालो अनि नमस्कार,
वसन्तको पालुवा सँगसँगै नेपाली पात्रोमा पालुवा सरी भित्रिन लागेको छ, नयाँ वर्ष वि सं २०६७। अविरल बग्ने समयको प्रवाहमा नव वर्ष रूपी पालुवा फेरिने क्रम सदैव रहेता पनि यस पालीको नयाँ वर्षले समस्त नेपालीका लागि एउटा सुनौलो ईतिहास रच्न सकोस। नेपालीहरुका लागि समय सापेक्ष संविधान समयमै बन्न सकोस। देशमा शन्ति, सुरक्षा र सुब्यवस्था बहाली होस्। हरेक नागरिकले वास्तविक प्रजातन्त्रको अनुभूती गर्न पाओस अनि हामी प्रवासी नेपालीहरुले पनि नयाँ नेपाल निर्माणमा खुलेर सहयोग गर्ने वातावरण् सिर्जना भई आमाको मुहार हँसाउन सकियोस। तमु धी यूकेको वेबसाईटमा पाल्नुहुने समस्त पाठकवर्गमा नव वर्ष २०६७ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै “धीं न्होंर बै ताँ” को १५ औं अंकमा तपाईंलाई हार्दिक स्वागत गर्न चाहन्छु।
बेलायतमा छरिएर रहेका तमुहरुका माझ मात्र नभई समस्त नेपालीहरु माझ एक कल्याणकारी संस्थाका रूपमा सुपरिचित तमु धी युकेले समाजसेवाको मूलधारमा युवापुस्तालाई पनि समेटेर अगाडि बढेको छ। यसको प्रत्यक्ष उदाहरण हो, यही अप्रिल १० तारिक, अल्डरशटको प्रिन्सेस हलमा तमु धीं यू केका युथहरुले आयोजना गर्न लागेको कार्यक्रम "सोल्टिनी नाइट"। नेपाली नयाँ वर्ष २०६७ मनाउनका साथै समाजमा चली आएको सोल्टी सोल्टिनी र दाजु भाई दिदी बहिनिको परम्परागत साईनो लाई उजागर गर्न एक सन्देशको रूपमा आयोजना गर्न लागेको यस च्यारिटी कार्यक्रमबाट उठेको रकम पूर्णरूपमा स्वदेशमा रहेका गरीब तमु विद्यार्थीहरुको हितमा लगाइने छ।
बिशेष गरेर युथ हरुले युथ अडिएन्सलाई टार्गेट गरी लोकल आर्टिस्टको जमघटको रूपमा तयार हुन लागेको सो कार्यक्रम सफल पार्न तमु धींका युथहरु कम्मर कसेर लागेका छन। अबको एकाइसौं शताब्दीमा हाम्रा यूथहरुलाई अनावश्यक अनुशासनको बन्धन थोपर्नु भन्दा अभिभावकको सही मार्गनिर्देशन, विश्वास तथा उचित अवसरको खाँचो छ भन्ने कुरा यस कार्यक्रमको तयारीमा लागेका हाम्रा यूथहरुको जोश जाँगर र मिहेनतले देखाउँदछ। जसले समाजमा साकारात्मक सन्देश दिन सफल हुनेछ भन्नेमा तमु धी यू के विश्वास्त छ। यदी तपाईं पनि परोपकार वा समाजसेवामा विश्वास राख्नुहुन्छ भने प्लीज आउनुहोस्, तमु युथहरुको कार्यक्रम लाई सफल पारीदिनुहोस। तपाईंको सानो सहयोगले परोपकारको क्षेत्रमा ठुलो टेवा पुग्नेछ। अब गएको मार्च महिनामा धीं को बैठकमा के के भयो थाहा पाउन भित्र आउनुहोस्।
मूख्य बिषयहरु:
- तमु धी यूकेको मासिक बैठक सम्पन्न
- बेलायतका लागि नव नियुक्त नेपाली राजदूत डा. श्री सुरेश चन्द्र चालिसेको स्वागत तथा सम्मान कार्यक्रम
- अध्यक्षको डायरीबाट
- तमु धी यू के को मासिक बैठक सम्पन्न

ए. जि. एम. पछि समसामयिक बिषय उपर छलफल तथा भावी कार्यक्रमहरु तर्जुमा गर्नका लागि तमु धी यूकेको मासिक बैठक गत मार्च महिनाको १३ तारिक सनिबार, मिचेट स्थित तमु भवनको सभाकक्षमा सम्पन्न भयो।
संस्थाका अध्यक्ष सुबसिङ गुरुङको सभापतित्वमा, महसचिव सूर्जे गुरुङ्ले सञ्चालन गर्नुभएको सो बैठकमा संस्थाका कोषाध्यक्ष दिलिप गुरुङले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। वार्षिक साधारण सभा भएको बेला आफू नेपालमा भएको र आफ्नो मामाको निधन भएकोले आफू साधारण सभामा उपस्थित हुन नसकेकोमा दु:ख ब्यक्त गर्नुभएको थियो। त्यस्पछि संस्थाका सदस्य तथा सल्लाहकारहरुले आ-आफ्ना प्रश्न तथा सुझाव पेश गर्नुभएको थियो। मे. खुशिमान् गुरुङ(सल्लाहकार), कमल गुरुङ, रोहित गुरुङ, जंग बहादुर गुरुङ, महेश गुरुङ, भक्त गुरुङ १ भक्त गुरुङ २ नरजङ गुरुङ, चन्द्र गुरुङ लगायतका ले बैठक मा आ- आफ्ना धारणा ब्यक्त गर्नुभएको थियो। सल्लाहकार मे. खुशिमान गुरुङ्ले संस्थाको पूर्व गठित ऋण संकलन टोली (Debt Collecting Group) को तर्फबाट एक रिपोर्ट दिनुभएको थियो। ऋण संकलन टोलीमा मे. खुशिमान गुरुङ, महेश गुरुङ तथा कुमारी गुरुङ रहेका छन।
संस्थाका अध्यक्ष सुबसिङ गुरुङ्ले कोषाध्यक्ष दिलिप गुरुङको मामाको निधन प्रति हार्दिक समवेदना प्रकट गर्दै मृतात्माको चीर शान्तिको कामना गर्नु भयो। वहाँले संस्थाको आर्थिक हिसाब किताब पारदर्शी हुनुपर्ने कुरामा जोड दिंदै ऋण संकलन टोली लाई Debt Collector Group भन्नु भन्दा अन्य कुनै उपयुक्त नमकरण गर्नु राम्रो हुने भनी राख्नु भएको प्रस्तावमा, सर्वसम्मतिले Financial Checking Team भनी प्रस्ताव पास् गरिएको थियो।
यसै गरी वार्षिक आर्थिक प्रतिवेदनमा तमु सांस्कृतिक प्रतिस्ठानको हाल भएका कार्यक्रमहरुको हिसाब किताब स्पस्ट नभएको कुरा औल्याउँदै तमु धी यूके, बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको सामाजिक संस्था भएकोले गिफ्ट एन्ड एड को ट्याक्स रिक्लेम गर्नका लागि आर्थिक हिसाब किताब पारदर्शी हुनु पर्ने कुरामा सदस्य तथा सल्लहाकारहरुले जोड दिएका थिए।
कार्यसमितीका सदस्य रोहित गुरुङ्ले च्यारिटी रजिस्टर्ड अर्गनाइजेशनले बैंक अकाउन्ट रेफोर्मिङ प्राक्टिसमा ल्याउन पर्ने र पूर्वसूचना बिना हुन सक्ने संबन्धित निकायको निरिक्षणका लागि संस्था सधैं तयार रहन पर्ने धारणा राख्दै धेरै अगाडी देखी शुरु भएको तमु भवन वरिपरिको बार निर्माण योजनाको प्रगति बारे प्रश्न राख्नु भएको थियो।
यसै गरी कार्यसमिती की सदस्य पुष्पा गुरुङले तमु धीं को हल भाडामा दिए पछि यसको सरसफाइमा विशेष ध्यान नदिए पछि गम्भीर समस्या उत्पन्न हुन सक्ने धारणा राखेकी थिईन।
अप्रिल १० तारिक हुन लागेको सोल्टिनी नाइटको तयारी बारे कार्यक्रम आयोजक कमिटीका युथहरुले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए। रिपोर्ट प्रस्तुत गर्ने क्रममा सोल्टिनी नाइट अर्गनाइजिङ कमिटी (SNOC) का तर्फबाट प्रतिम गुरुङले युथहरुले युथहरुका लागि केही गरौं भन्ने भावनाले आयोजना गर्न लगेको सो कार्यक्रमको मूख्य उद्देश्य मनोरन्जन गर्ने गराउने
मात्र नभई स्वदेशमा रहेका गरीब, जेहेन्दार तथा कम भाग्यमानी तमु विद्द्यार्थीहरुको सहयोगका लागि फन्ड रेजिङ गर्नुका साथै बेलायतमा रहेका युथहरु माझ अन्तरकृया गर्ने बातावरण सिर्जना गरी हाम्रो परम्परा र संस्क्रिती संरक्षणका लागि एक साकारात्मक सन्देश दिनु रहेको बताउनु भयो। अल्डरशोटको प्रिन्सेस हलमा आयोजना गरिने उक्त कार्यक्रममा सिक्युरिटी ब्यवस्था राम्रो हुने र एउटा सेफ इभेन्टका लागि आफुहरुले सक्दो मिहेनत गरिरहेको जानकारी दिंदै सम्पूर्ण अभिभावकहरुले आफ्ना छोरा छोरीलाई कार्यक्रममा सहभागी हुन एन्करेज गर्न अनुरोध गर्नुभयो।
यसै गरी कार्यक्रमको म्युजिक पक्षको जिम्मा सम्हालेका सौगात गुरुङले आफ्नो रिपोर्ट प्रस्तुत गर्दै उक्त दिनको कार्यक्रमलाई नेपाली टि.भी द्वारा कभरेज गरिने जानकारी दिदै कार्यक्रमका लागि स्पोन्सोर गरिदिन अनुरोध गर्नुभएको थियो।
निशा गुरुङ्ले प्रोजेक्टर द्वारा सोल्टिनी नाइटको आकर्षक ब्यानर प्रदर्शन गर्दै कार्यक्रम बारे थप जानकारी दिएकी थिइन्।
फ्रेंसी पत्रिका प्रकाशन समितीका तर्फ बाट सम्पादक रोहित गुरुङ्ले फ्रेंसी प्रकाशन विविध कारणले ढिलो हुन गई ल्होसारमा जनसमक्ष ल्याउन नसकेकोमा क्षमायाचना गर्दै अब गोर्खा कप भन्दा अगाडि फ्रेंसी प्रकाशन गर्ने वाचा गर्नुभएको थियो।
बैठकको समप्ती पछि सबैजना दोश्रो चरणमा बेलायतका लागि नवनियुक्त नेपाली राजदूतको स्वागतमा लागेका थिए।
- बेलायतका लागि नव नियुक्त नेपाली राजदूत डा. श्री सुरेश चन्द्र चालिसेको स्वागत तथा सम्मान कार्यक्रम

तमु धी यू के ले मार्च १३ तारिक, मिचेट स्थित तमु भवनमा, बेलायतका लागि नव नियुक्त नेपाली राजदूत डा. श्री सुरेश चन्द्र चालिसेको स्वागतार्थ एक सम्मान कार्यक्रमको आयोजना गर्यो। बेलुकी करिब साढे पाँच बजे शुरु भएको उक्त कार्यक्रमको प्रारम्भमा परिचय कार्यक्रम राखिएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष सुबसिङ गुरुङ्ले तमु धीं यू के संस्था बारे पावर पोइन्ट प्रेजेन्टेशन प्रस्तुत गर्दै संस्थाको परिचय, मूख्य उद्देश्य र संस्थाले गर्दै आएको कृयाकलाप बारे महामहिम राजदूत समक्ष जानकारी गराउनु भएको थियो। वहाँले स्वदेशमा भईरहेका सम्पूर्ण गतिविधीहरुका साथै गोर्खा इस्यु तथा नेपाली नागरिकता प्रति तमु धी यूकेले गहिरो चासो राखेको कुरा बताउनु भयो। संस्थाको प्रमुख इभेन्ट हरुमध्ये गोर्खा कप ल्होसार तथा नेपाली मेला बारे जानकारी दिंदै वहाँले नेपाली मेला मा नेपाल एम्बेसीबाट तमु धीं यूकेले सुझाव, सल्लाह र सहयोगको अपेक्षा राखेको कुरा बताउनुभयो। वहाँले महामहिम राजदूत डा. श्री सुरेश चन्द्र चालिसे ज्यूको सफल कार्यकाल को लागि शुभकामना ब्यक्त गर्नुभयो।
त्यसपछि महामहिम राजदूत डा. सुरेश चन्द्र चालिसे ज्युले गोर्खाली तथा गुरुङ समुदायको माझमा आउन पाउँदा आफुलाई असिमित खुशी लागेको कुरा बताउनुभयो। विदेश मा रहेका नेपाली तथा तमुहरु, आफ्नो पहिचान जोगाउन सतर्क रहेका र उनिहरु को प्रयासले नेपाली संस्कृति संरक्षण गरी शिर उँचा पार्न ठुलो सहयोग पुगेको धारणा ब्यक्त गर्दै वहाँले तमु धीं यू के संस्थाले गरेका कार्यहरुमा नेपाली राजदुतावास अधिकारिकताका साथ संधै सहयोगका लागि तत्पर रहने कुरा, विश्वाश दिलाउनुभयो।
वहाँले लोकतन्त्र प्राप्ति पछि, देशमा प्राकृतिक श्रोतको सदुपयोग गर्न सके नेपालको भविश्य अत्यन्त्य राम्रो भएको कुरा बताउँदै देशले चाँडै संविधान निर्माण गर्ने र शान्ति प्रकृया टुंगोमा पुग्नेछ भनी विश्वास दिलाउनुभयो। यस् कार्यमा सबै नेपालीको सहयोग महत्वपूर्ण रहने र अबको संविधानमा नेपालको इथो र भावनाहरु उद्द्ऋत हुनेछ भन्नुभयो।
उक्त दिनको कार्यक्रम संचालन संस्थाका महासचिव सूर्जे गुरुङ्ले गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा निर्माया रोधीघरबाट ल्याइएको स्वादिष्ट परिकार को आनन्द लिदै सबै जना अनौपचारिक कुराकानीमा मस्त भएका थिए।
- अध्यक्ष को डायरीबाट
२७ मार्च २०१०: नेपाल एम्बेसी द्वारा आयोजित नेपालका भूत पूर्व प्रधानमन्त्री स्व श्री गिरिजा प्रसाद कोइरालाको श्रद्धान्जली सभामा अध्यक्ष उपस्थित।
२७ म्याग्दी प्रवासी नेपाली समाज यू के ले ओक फार्म स्कुल कोवमा आयोजना गरेको न्यू इअर शुभकामना सँझमा उपस्थित।
३१ मार्च २०१०: रिचमोन्ड लण्डनमा स्व तुलसा गुरुङ्को अन्त्येष्टी मा उपस्थित।







