You are here: Home

तमुधी, युके रेडिङ इकाई समितिको अनुरोध ।

E-mail Print PDF

आदरणीय रेडिङवासी तमु दाज्युभाई दिदीबहिनीहरु,

यस वर्षको ल्होसार एवं नेपाली नयाँ वर्ष २०६७ को पावन अवसरमा यहाँहरुमा सुस्वस्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । आफ्नो जन्मभूमीबाट धेरै टाढा कर्मभुमिको रुपमा युकेमा बसोबास गर्दैगर्दा आफ्नो संस्कृति, परम्परा, रितिरिवाज र संस्कारलाई जोगाई राख्न र दुखःसुखको समयमा आपसी सरसहयोगको आदानप्रदान गर्न तमुहरुवीच दरिलो संगठनको आवश्यकता महशुस भई तमुधी युकेको स्थापना भएपश्चात अझ यसलाई व्यापक बनाउन तमुहरुको घनाबस्ति रहेको रेडिङमा तमुधी युके रेडिङ इकाई समितिको गठन गरी विभिन्न कार्यहरु गर्दै आएको कुरा हामी सबैलाई जानकारी भएकै कुरा हो ।

रेडिङमा इकाई समितिको गठन भएपछि यसले तमु ल्होसार लगायत अन्य नेपाली चाडपर्वहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने, विभिन्न समयमा विविध खेलकूद कार्यक्रमहरु सञ्चालन गर्ने, तमुहरुबिच सुखःदुखको समयमा आपसी सरसहयोगहरु जुटाउने र अन्य बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । अझै पनि यसलाई रेडिङवासी सम्पूर्ण तमुबन्धुहरुको बिचमा पुर्याई आफ्नो सुखःदुःखको साथी बनाउने काममा प्राथमिकताकासाथ लाग्नु पर्ने जरुरी ठानेको छु । यसै सन्दर्भमा आगामी अप्रील २४ तारिख शनिवारका दिन निम्नलिखित मिति, समय र स्थानमा नयाँ कार्यसमितिको छनौट एवं भावी कार्यक्रमको तर्जुमा गर्नको लागि तमुहरुको भेला आयोजना गर्न गईरहेको हुँदा यहाँहरुको आवश्यक सल्लाह, सुझावसहित गरिमामय उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछु ।

मितिः २४ अप्रील २०१० शनिवार ।

समयः बेलुकी ५-९ वजे बजेसम्म ।

स्थानः Warehouse, Cumberland Reading, RG1 3LB.

धन्यवाद

ओमेन्द्र गुरुङ

अध्यक्ष
तमुधी युके रेडिङ इकाई समिति

१५ अप्रील २०१०

Comments (0)Add Comment

Write comment
You must be logged in to post a comment. Please register if you do not have an account yet.

busy