1साउन
काठमाण्डौं / तमू हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, सरक्षंक परिषदका सभापति डा. रेम बहादुर गुरुङको निधन भएको छ । मगलबार साँझ काठमाडौंको नर्भिक अस्पतालमा उपाचारको क्रममा उहाँको निधन भएको हो । तमू हृयुल छोंज धींका निवर्तमान अध्यक्ष समेत रहनुभएको डा. गुरुङ मटु र व्रेनका समास्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको लासलाइ विहान ७ बजे देखि ११ बजे सम्म अन्तिम श्रद्धाञ्जलीका लागि तमू हृयुल छोंज धीं को केन्दि्रय कार्यालयमा राखिने भएको छ।
उहाँको लासलाइ आजै स्वयम्भुमा लगेर गुरुङ परम्परा अनुसार अन्तिर सस्कार गरिने बताएको छ । उहाँलाइ अन्तिम श्रद्धाञ्जली दिनका लागि तमू हृयुल छोंज धीं केन्दि्रय अध्यक्ष डा गणेशमान तमू, महासचिव रेशम तमू लगायतका समाजसेवीहरु पुग्ने कार्यक्रम रहेको छ । यता उहाँप्रति श्रद्धाञ्जाली अर्पण गर्नका लागि आज तमू हृयुल छोंज धीा र उसको भातृ सगठनले अफ्नो मातहतका जिल्लाहरुमा श्रद्धाञ्जली कार्यक्रम गर्दैछ । तमू हृयुल छांेंज धीं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले पनि आज श्रद्धाञ्जली कार्यक्रम गर्दैछ । आज दिउसो १२ बजे महाज्ञान वौद्ध विहारमा श्रद्धाञ्जली कार्यक्रम राखिएको छोंज धीं रुपन्देही अध्यक्ष क्या टेक बहादुर गुरुङले जानकारी दिनुभयो ।
नेपाल तमू विद्यार्थी छोंज धीा केन्दि्रय समितिले डा गुरुङको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ । समितिको अध्यक्ष जिस एस तमूले विज्ञप्ती जारी गर्दै डा. रेमको निधनले देशले र गुरुङ समुदायले एक होनहार देशभक्ति र समाजसेवी गुमाएको उल्लेख गर्नुभएको छ । विज्ञप्तीमा दुखको यस दुखद घडीमा शोकलाइ शक्तिलाइ बदलेर काम गर्न सवै गुरुङ विद्यार्थीलाइ अग्राह पनि गरिएको छ । यस्तै नेपाल तमू विद्यार्थी छोंज धीं जिल्ला समिति रुपन्देहीले पनि डा. रेमको दुखद निधनले रुपन्देहीका गुरुङ विद्यार्थी निकै दुखी तुल्याएको भन्दै उहाँको समाज प्रतिको लगावले मुक्त कण्ठले प्रसशां पनि गरिएको छ ।त्यस्तै तमु सञ्चार कर्मी सघं तराइ क्षेत्रीय समितिले पनि डा. गुरुङको निधनप्रति दुख प्रकट गरेको छ । सचिव सपना गुरुङ द्धारा जारी विज्ञप्तीमा उहाको निधनले सवै तमू सञ्चार कर्मीलाइ मर्माहत बनाएको बन्दै दुखद घडीमा सवैमा धैर्यधारण गर्न सवै सञ्चारकर्मी आग्रह गरिएको छ ।
को हुन डा. रेम गुरुङ ?
स्याङजा जिल्ला कालिकोट गविस ठुलीभङज्याङमा २००४ साल असोज २८ जन्मिएका डा. रेम बहादुर गुरुङ हालका तमू हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको सरक्षंक परिषदका सभापति हुन । विस २०४९ सालबाट गुरुङ समुदायमा आवद्ध रहनुभएका सनुसरी जिल्लाको जिल्ला सभापति हुदै तमू हृयुल छोंज धीं को केन्दि्रय समितिमा प्रवेश गर्नुभएको हो । उहाँ सुवेदार रामसिंह गुरुङ सुपुत्र हुनुहन्थ्यो । तत्कालिन तमू धीं मा दुइ कार्यकाल विताइ सक्नुभएका उहाँ सधैं तमुहरुको एकताका लागि सधै लागि पर्नुभएको थियो । तत्कालिन तमू छोज धी र गुरुङ परिषदविच एकता गराउने मुख्य भुमिका खेल्नुभएको थियो । उहाँले सवै जिवनमा तमू धीँ लगायतका केही सघं सँस्थालाइ एकताको सुत्रमा वाध्य असफल रहनुभयो । अफ्नो जिवनभर सधै गुरुङ समुदायप्रति तन मन र धनले लाग्नुभएका डा. गुरुङको निधनले राष्ट्रले एक देशभक्ति, गुरुङ समुदायले अभिभावक गुमाएको छ ।

written by Rohit K Gurung, July 29, 2010
I am very sorry to hear and it obviously shocked me and my family on the sad demise of Dr. Rem Gurung. I hasten to pay my tribute for a very gentle and a dedicated Gurung's son missing us in his untimely parting to the Heaven. His dedication to the language and the unity of Gurung all around Nepal has been very very appreciated. May the departed soul be rested in peace and God help the family members to bear the strength at this very difficult time.
Dr. Rem , as I know him from the day of my marriage and is related to my wife Sushma.I happened to be blessed during my marriage and have visited his home in Dharan in 1992. He has a wonderful family and his business venture running well in Dharan. As for some years of my stay here, I was on and off in touch to the family there. It is really a great great loss for our community as you have clearly mentioned in the sad story.
May the departed soul rest in peace.
In the name of God , I remain
Rohit Kumar Gurung & Family







We would like to express our heartfelt and deepest sympathies on the sudden and tragic demise of Honourable Dr. Rem Bahadur Gurung at an early age of 63.
He was an excellent dentist, a devoted Tamu society leader who provided immense contribution to the country and the Tamu society people. His death is a great loss and we sincerely miss his positive thinking and creative and consistent working style in Tamu society union movement and development. He will always be alive in our memories and will remain as an inspiration for coming generation.
We would like to pray Lord Buddha to provide strength and comfort to his bereaved family on this difficult time and may his soul have an eternal rest.
Naresh and Family
United Kingdom